रहरलाग्दा उद्यम लोभलाग्दो प्रगति

  फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : ‘ज्युँदै म-याको भनी नाउँ कसको, उद्यम बिना बित्दछ काल जसको’ आदिकवि भानुभक्त आचार्यको यो पङ्क्तिले उद्यमको महìवलाई स्पष्ट पारेको छ । व्यक्ति होस् वा राष्ट्र सबैका लागि उद्यम अति आवश्यक हुन्छ ।

पाँच वर्ष अगाडि भारतले लगाएको नाकाबन्दीले हामी आत्मनिर्भर होइन, परनिर्भर रहेछौँ भन्ने बोध सबैमा गराइदियो । नाकाबन्दीपछि उद्यमशीलता र स्थानीय उत्पादनमा आधारित लघु, घरेलु तथा साना उद्योगबारे सबैमा चेतना बढ्यो । त्यसयता उद्यम गरी कसरी आत्मनिर्भर तथा स्वावलम्बी बन्न सकिन्छ भन्नेहरू धेरै बढे । त्यसो त बेरोजगार तथा पढ्न सकिएन भनेर निराश युवालाई पनि सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बन्न अब कसैले सिकाउन पर्दैन ।

स्थानीयस्तरमा थोरै पूँजीबाट सुरु गरिएका उद्योगले रोजगारी सिर्जना गर्नुका साथै उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएका छन् । आयात प्रतिस्थापनमा समेत यस्ता उद्योगले उल्लेख्य भूमिका खेल्दै आएका छन् । यस्ता उद्यमीहरूको प्रगति पनि लोभलाग्दा छन् । न त ठूलो पूँजी नै चाहियो, न त कच्चा पदार्थका लागि धेरै मिहिनेत । स्थानीय कच्चा पदार्थको उच्च सदुपयोग गर्दै यस्ता उद्योग फस्टाएका छन् ।

स्वदेशमै रहेका प्राकृतिक स्रोत र साधनलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी उत्पादित वस्तुको निर्यात गर्न सक्ने हो भने अहिलेको निर्यातको आकार निकै बढाउन सकिन्छ । जसले रोजगारीमा उल्लेखनीय योगदान पु¥याइ आय र आयको वितरणमा अहम् भूमिका खेल्न सक्छ । देशको आर्थिक समृद्धि उद्योग क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमाथि निर्भर रहेको हुन्छ । विकासोन्मुख देशमा ठूला तथा मझौला उद्योगहरूको तुलनामा लघु, घरेलु तथा साना उद्योगको महìवपूर्ण योगदान रही आएको छ ।

नेपालको सन्दर्भमा कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानमध्ये करिब ९० प्रतिशत योगदान घरेलु तथा साना उद्योगको छ । विश्व व्यापार सङ्गठनमा आबद्ध भइसकेको परिप्रेक्षमा नेपालमा उत्पादित वस्तुलाई बढी गुणस्तरीय बनाई प्रतिस्पर्धाको माध्यमबाट आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने अहिलेको आवश्यकता हो ।
ऊनी, राडीपाखी, ढाका, अल्लोको कपडा, गुन्द्रुक, मस्यौरा, अचार, लप्सी क्याण्डी, मह, गुल्मीको कफी, इलामको चिया, धादिङको मह, गोरखाको सुन्तला, झापाको सुपारी, सिन्धुलीको जुनारलगायतका थुप्रै यस्ता मौलिक उत्पादनले विश्वबजार पाउने वातावरण तयार गर्न सके सम्भावना नै सम्भावना छ ।

 पढ्न नपाउँदा बने उद्यमी
एसएलसी उत्तीर्ण भएपछि उत्साहित बनेका ललितपुर लुभुका बसन्त महर्जन पैसाकै अभावमा क्याम्पस जान पाउनुभएन । क्याम्पस जान नपाएपछि उहाँ निकै विचलित हुनुभयो । उहाँको इन्जिनियर बन्ने सपना थियो । तर कृषि तथा ज्यालामजदुरीमा आश्रित परिवार भएको कारण उहाँको बुबाले उहाँलाई थप पढाउन सक्नुभएन । बुबाले पढाउन सक्ने छाँटकाँट नदेखेपछि दुई हजार रुपियाँको जोहो गरेर उहाँले व्यवसाय सुरु गर्नुभयो । उहाँले थालेको व्यवसायबाट उत्पादित सामग्री अहिले नेपाली बजारका साथ विश्वका थुप्रै मुलुकमा उच्च मागका साथ बिक्री भइरहेको छ ।

परम्परागत हाते तानबाट सुरु भएको महर्जनको व्यवसाय अहिले ‘नित्य परम्परागत टेक्सटाइल र रेडिमेड गार्मेन्ट’ को रूपमा पुगेको छ । यो उद्योग १२ हजार स्क्वायर फिटमा फैलिएर रहेको छ । यसबाट स्वचालित ह्याण्डुलोम, अटोमेटिक पावर लोम, ड्राइङ प्लान्ट, प्रिन्ट प्लान्टबाट गार्मेण्ट, टेक्सटाइल कपडा, ह्याण्डिक्राफ्टलगायत सामान उत्पादन हुन्छन् र सयौँ जनाले रोजगारी पाएका छन् ।

उत्पादित वस्तुको माग उकालो लाग्दैछ । उहाँको व्यावसायिक उत्साह पनि चुलिँदो छ । लुभुमा रहेको उद्योगबाट उत्पादित वस्तु काठमाडौँको भोटाहिटी र क्षेत्रपाटीमा रहेको ‘आउटलेट’ बाट बिक्री हुँदै आएको छ । महर्जन भन्नुहुन्छ, ‘स्थानीयभन्दा पनि अन्तर्राष्ट्रिय बजार व्यापक छ । जर्मनी, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापानलगायत देशमा उच्च माग छ । हामीले उत्पादन गरेका लुगामा शतप्रतिशत कटन हुने भएकाले धेरैले मन पराएका छन् ।’

परम्परागतदेखि आधुनिक, बच्चादेखि वृद्धसम्मका लागि तयार गरिने कुनै पनि उत्पादन स्टोरमा धेरै दिन राख्न नपर्ने अनुभव सुनाउँदै महर्जन भन्नुुहुन्छ, ‘सामान तयार गर्न सक्नुप¥यो, बजारको कुनै चिन्ता छैन । उपभोक्ताको माग पु-याउन गाह्रो छ ।’ विभिन्न अवसरमा नेपाली पहिरनको ‘फेशन शो’ समेत हरेक वर्ष गर्दै आएका महर्जन विभिन्न मेला र महोत्सवमा पुरस्कृत पनि हुँदै आउनुभएको छ ।

मौरीपालनबाट फेरिएकी देवी
भानुभक्तको कविताझैँ झापाकी देवी दाहालले पनि उद्यम नगरी समय खेर जान दिनुभएको छैन । झण्डै दुई दशकदेखि उहाँ व्यावसायिक मौरीपालनमा होमिनुभएको छ । शिवसताक्षी नगरपालिका–११, दुधेकी देवीले पहिले पहिले दैनिक गुजाराका लागि अर्काको काम गर्नुहुन्थ्यो । तर सहकारीको सहयोगमा एक हजार दुई सय रुपियाँ लगानी गरी व्यवसाय सुुरु गर्नुभयो । दुई घार मौरी पालनबाट व्यावसायिक यात्रा सुरु गर्नुभएकी देवीसँग अहिले नौ सय घार मौरी छन् ।

यी मौरीबाट वार्षिक ३५ लाख रुपियाँ बराबरको मह उत्पादन हुन्छ । सफलताको कथा सुनाउँदै देवीले पुराना दिन यसरी सम्झनुभयो– ‘स्थानीय अगुवहरूको सल्लाहमा २०६३ सालमा महिलाहरूले एउटा सहकारी स्थापना गरे । यसको नाम श्री सतासी महिला मौरी पालन सहकारी रह्यो । यसमा प्रवेश गर्नु नै मेरो सफलताको प्रस्थान बिन्दु भयो ।’ अहिले यही सहकारीमा व्यवस्थापकको रूपमा पनि काम गर्दै आएकी देवीले मौरी व्यवसायबाटै घरजग्गा जोड्नुभएको छ भने वार्षिक लाखौँ रुपियाँ कमाइ गरिरहनुभएको छ ।

हिजो अरूको घरमा भाँडा माझेर पेट पाल्ने देवी आज अरूलाई सीप र स्वरोजगार बन्न सिकाउन व्यस्त हुनुहुन्छ । देवीको जीवन यात्रालाई सफल बनाउने प्रस्थान बिन्दु बनेको मौरी व्यवसायकै कारण अहिले उहाँको जीवन फेरिएको मात्र छैन, सम्पन्न पनि भएको छ । मौरी व्यवसायले देवी मात्र होइन सहकारीमा आबद्ध ३२० जना महिलाको पनि जीवन फेरिएको छ । उनीहरू स्वरोजगार मात्र होइन, स्वावलम्बी पनि बनेका छन् । यो सहकारीमा आबद्ध प्रत्येक महिलाले न्यूनतम पाँचदेखि अधिकतम नौ सय घारसम्म मौरी पालेका छन् ।

देवीका अनुसार सहकारीले स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउन सुरुमा दुई घार मौरी धरौटी लिई दिन्छ । ती दुई घारबाट गरेको नाफाका घार आफैँसँग राखी सहकारीले दिएको दुई घर सहकारीलाई नै फिर्ता गर्नुपर्छ । यसरी उत्पादन गरिएको मह सहकारीले नै खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पु-याइन्छ । सहकारीका अनुसार प्रतिकेजी महको मूल्य न्यूनतम तीन सयदेखि पाँच सय रुपियाँसम्म पर्छ । मह तोरी, फापर र जङ्गली जडीबुटीको उत्पादन हुन्छ । यो मह पूर्वका विभिन्न जिल्लादेखि पश्चिम दाङसम्म बिक्री हुने गरेको छ ।

अर्गानिक अभियानसँगै दाम र नाम
आठ वर्षको उमेरसम्म चामलको भातको स्वाद थाहा नपाएका हुम्लाका दीपकबहादुर बुढालाई कर्णाली घुम्ने क्रममा त्यहाँको अर्गानिक उत्पादनले बजार नपाएको महसुस भयो । त्यसपछि सुरु भयो उहाँको अर्गानिक अभियान । ‘गाउँका मानिस जमिन भएर पनि भोकमरीमा, सहरका मान्छे सम्पन्न भएर पनि रोगी । गाउँको किसानसँग सहकार्य गरेर गाउँको उत्पादन काठमाडौँमा ल्याउन सकियो भने एकातिर किसानसँग सम्बन्ध हुने भयो अर्कोतिर रोगीहरूको सङ्ख्या पनि घट्ने भयो ।’ यही अवधारणामा झण्डै एक दशक अगाडि सुरु भयो कर्णालीका अर्गानिक उत्पादनको सङ्कलन अभियान ।

कर्णालीको उत्पादित वस्तु राजधानीमा बिक्री गर्दा किन्नेहरूमा साझा समस्या आयो, पकाउने कसरी ? यही अवधारणामा फेरि दुई वर्ष अगाडि ललितपुरको सातदोबाटोमा हिमालयन अर्गानिक जोन नामक अर्गानिक रेष्टुरेन्ट सञ्चालन पनि गर्नुभयो । पकाउन सिकाउने र पकाइएको परिकार पस्किने उद्देश्यले खोलिएको यो रेस्टुरेन्टका परिकारहरू पनि कर्णालीका उत्पादनसँग जोडिएका छन् ।

मार्सी चामलको खीर, जौको मःमः, फापरको चाउमिन, मार्सीको खाना सेट, कागुनोको खीर, फापरको ढिडोसँंग लोकल कुखुराको मासु, हुम्लाको सिमीको दालसँग मार्सी चामलको भात, कालो चामलको खीर, सिस्नोको सुप, कस्तुरी मःम को स्वादसँगै हिमाली जडीबुटी, जिम्बु, जौको सातु, ग्रीन टी, हर्वल टी, अर्गानिक कफीलगायतका थुप्रै परिकारका साथ बुढाको रेस्टुरेन्ट व्यवसाय अगाडि बढेको छ ।

सुरु सुरुमा अर्गानिक भनेर गिज्याउँथे, अहिले धेरैले बुझ्न थालेका छन् । स्वास्थ्यसँग सचेत हुने बढी आउँछन् । बुढाको परिवार नै यसमा समर्पित भएर लागेको यो व्यवसायमा झण्डै एक दर्जनले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । अप्रत्यक्ष रूपमा त सयौँले रोजगारी पाएका होलान् । अहिले अर्गानिक उत्पादन उपभोक्तालाई पु-याउन भ्याई नभ्याई हुने गरेको छ । अर्गानिक अभियानलाई फैलाउने र किसानका उत्पादनलाई बिचौलियारहित बनाउने धोको बोकेका बुढालाई आनन्दको शिक्षकको जागिर छाडेर यसमा लागेकोमा कुनै पछुतो छैन ।

काठमाडौँमा हिमालयन अर्गानिक जोनका अरू शाखा र अर्गानिक मार्ट पनि खोल्ने योजनामा रहेका बुढाले अर्गानिक उत्पादनलाई ‘प्याकेजिङ’ गरेर अन्तर्राष्ट्रिय बजारसम्म पनि पु-याउनु भएको छ । खाद्यसम्बन्धी विभिन्न प्रतियोगितामा पुरस्कृत बुढा काठमाडौँ विश्वविद्यालय र आइडिया स्टुडियोले संयुक्त रूपमा आयोजना गरेको इनोभेटिभ आइडिया प्रतियोगितामा सात सय जनाबाट छानिएर प्रथम पनि हुनुभयो । पुरस्कारस्वरूप पाँच लाख रुपियाँ सिड इन्भेष्टमेन्ट पनि उहाँले पाउनुभयो ।

‘नमुना अचार’ राष्ट्रिय ब्रान्ड
पूर्वी झापाको गौरादह नगरपालिका–५ मा स्थानीय उत्पादन, श्रम र सामूहिक लगानीमा उद्यमी बन्ने भनेर हौसिएका छ जना महिलाहरूको पाँच वर्षे अचार यात्रा अहिले ‘ब्राण्ड’ बनेको छ । सामूहिक प्रयासमा स्थानीय उत्पादनको प्रयोग गरी ‘नमुना अचार’ उत्पादन भइरहेको छ । सुरुमा पाँच जना महिलाले प्रतिव्यक्ति २०–२० हजारका दरले जम्मा गरेर एक लाख रुपियाँको पुँजीबाट सुरु गरिएको यो व्यवसाय अहिले उद्यमी महिलाहरूको मनग्य आम्दानीको बाटो बनेको छ । करिब एक बिघा जमिनमा सञ्चालित यस उद्योगबाट वार्षिक करिब १० लाख रुपियाँको अचार उत्पादन भइरहेको छ । उक्त अचार मुलुकका मुख्य मुख्य बजारमा उपलब्ध छन् । कतिसम्म भने देशकै प्रतिष्ठित मार्ट भाटभटेनी सुपर मार्केटमा पनि बिक्री वितरण हुने गरेको उद्यमी खिमा नेपाल बताउनुहुन्छ ।

व्यवसाय सुरु गर्दा यति ठूलो सफलताको अपेक्षा उहाँहरूले गर्नुभएको थिएन । आत्मनिर्भरसम्म हुने लक्ष्य थियो । काम गर्दै जाँदा नसोचेको सफलता प्राप्त भयो । व्यवसायले अहिले राष्ट्रिय स्तरको ‘ब्रान्ड’ पाएसँगै यो समूह उत्साहित बनेको छ । समूहले व्यापार प्रवद्र्धन गर्न बजारीकरणका थप योजना पनि बनाउँदैछ । हाल ‘नमुना अचार’ लघु उद्योगबाट अकबरे दाना, मेथी, तामा, आँप, मिक्स र कागती गरी छ प्रकारका मौसमी अचारको उत्पादन हुँदै आएको छ । यी अचार मौसमअनुसार स्थानीय कच्च पदार्थकै प्रयोग गरी उत्पादन गरिन्छ ।

उद्यमशीलता विकासमा सहकारी
उद्यमशीलता अर्थतन्त्रको आधारस्तम्भ हो । यसको विकासले ग्रामीण क्षेत्रमा रहेको गरिबीलाई न्यूनीकरण गर्छ । यस कार्यमा सहकारीले पनि उल्लेख्य योगदान पु¥याउँदै आएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका सहकारीको सहयोगमा उद्यमशीलताको माहौल बढ्दैछ । यसले आत्मनिर्भर हुनेहरूको सङ्ख्या पनि बढाएको छ । उद्यमीहरूले उत्पादन गरेका सामानजस्तै अचार, मह, मफलर, आउटर, स्वीटर, टोपी, मोजा, लेडिज मफलरलगायतका सामग्री बिक्रीका लागि सहजीकरण गर्नुका साथै सामूहिक रूपमा व्यावसायिक कृषि खेतीको अवधारणा समेत ल्याउन थालेपछि सहकारीमार्फत उद्यामशीलतामा लाग्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

पूर्वी नेपालका सहकारी संस्थाहरूले बचत तथा ऋणमात्रै नभई सामूहिक रूपमा व्यावसायिक कृषिखेतीको अभ्यास पनि सुरु गरेका छन् ।खेतीमात्र नभई उत्पादित वस्तुको बिक्री, बजारीकरण र उद्योग नै स्थापना गरेर औद्योगिक उत्पादन निर्यात पनि गर्न थालेका छन् । राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंका अनुसार सहकारीहरूले बचत गर्ने र ऋण दिनेमात्र नभई खेतीमा समेत ध्यान दिएका छन् । देशभर आफैँ खेती तथा कृषिजन्य उद्योग सञ्चालन गरिरहेका उद्योगको सङ्ख्या तीन सयभन्दा बढी रहेको छ भने यो सङ्ख्या बढ्दै गएको उहाँको ठम्याइ छ ।

मौरीपालन सहकारी संस्थाले जिल्लामा गर्दै आएको सामूहिक मौरी पालनले पनि उद्यमशीलता र स्वरोजगार बनाउन सघाएको बताउनुहुन्छ सहकारीकी व्यवस्थापक देवी दाहाल । उहाँका अनुसार सहकारीमा जिल्लाका ४६८ जना महिला आबद्ध छन् भने ३२० जना महिलाले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् । सहकारीमा आबद्ध महिलालाई तीन हजार दुई सय रुपियाँ धरौटी राखेर दुई घार मौरी पाल्न दिइन्छ ।

एक वर्षअघि भएको ‘सहकारीमार्फत उद्यमशीलता प्रवद्र्धन’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीले पनि सहकारीलाई उत्पादनमा जोड्दै सदस्यलाई उद्यमी बन(ाउनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको थियो । सहकारी सङ्घ-संस्था उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रित हुनुपर्ने तथा सहकारीमा संलग्न युवालाई एकीकृत रूपमा प्राविधिक ज्ञान, सीप र नवीतनम प्रविधि प्रदान गरी सबल र सक्षम प्रतिस्पर्धी बनाउँदै मुलुकभित्रै रोजगार सिर्जना गर्न योगदान पु-याउने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो । विदेशबाट फर्केका युवालाई विभिन्न सहकारीले ऋण प्रदान गरेर स्वदेशमा कृषिमा सहभागी गराउँदै कृषि क्षेत्रमा सहकारीको योगदान वृद्धि गर्ने लक्ष्य अभियानको छ ।

सहुलियत कर्जामा छैन पहुँच
स्थानीय उत्पादनको प्रवद्र्धन र आयात प्रतिस्थापनमा लागे पनि सरकारबाट दिइने सुविधाबाट वञ्चित हुनुपर्दा खिन्नता अनुभव गर्नुहुन्छ अर्गानिक अभियन्ता दीपक बुढा । ‘हरेक वर्षको बजेट भाषण सुन्यो । त्यसपछि राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीति हे-यो । तर हाम्रा लागि केही न केही’, बुढाले भन्नुभयो ।

सहुलियत कर्जा र अनुदानको कुनै अवसर प्राप्त नगरेका बुढाले यो सुविधा पाउन धेरै प्रयास गर्नुभयो रे तर सहकारी संस्था र व्यक्तिबाट ऋण लिएरै यो अवस्थामा आइपुगेको बताउनुभयो । उद्योगी बसन्त महर्जन पनि मुख्य समस्या वित्तीय पहुँच नै भएको बताउनुहुन्छ । ‘उत्पादन जति नै बढाए पनि बजारको समस्या छैन । सहकारीले नै हाम्रो उद्योग र व्यवसायलाई धानिरहेका छन्,’ गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया