माइक्राेबस दुर्घटना, एकको मृत्यु, १८ घाइते, दश गम्भीर

  फागुन २७, २०७७

कालीकोट, फागुन २७ : कालीकोट सदरमुकाम मान्मवाट सुर्खेतका लागि छुटेको देउती नागरिक यातायातको हाइस दैलेखको आठबिस नगरपालिका वडा नं एकको सियालाघाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

घाइते मध्य दश जनाको अवस्था गम्वीर रहेको उद्धारमा सहभागी कालीकोट रास्कोटका गोकर्ण सज्यालले वताउनुभयो । दुर्घटना परी  कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका दुईका वर्ष ३८ का जितेन्द्र शाहीकाे मृत्यु भएकाे छ ।

गाडीमा २१ जना रहेको र केही घाईते सामान्य भएप नि केहीको अवस्था भने गम्वीर रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १८ जना मध्य केही घाइते भएको र केहीको विवरण आउन बाँकी रहेको बताउनुभयो । कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्वरको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ । केही स्थानीयले भने गाडीमा २१ जना हुन सक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया