सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौं : प्रधानमन्त्री

  फागुन २३, २०७७

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सम्बन्धमा आज गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने बताउनुभएको छ ।

आज दिउँसो ४ बजेका लागि डाकिएकाे संसद अधिवेशनमा सहभागी हुन संसद भवन पुग्नुभएका प्रधानमन्त्री ओली बैठक शुरु हुनुअगावै संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुलाई सो कुरा बताउनुभएको हो ।

उहाँले फैसलाको पूर्णपाठ आफूले हेर्न नपाएकाले त्यो हेरेपछि मात्र थप बोल्ने बताउनुभएको थियो ।
सर्वोच्च अदालतले सो फैसलामा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवाद लेनिनवाद) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र  साविकै पार्टीमा कायम रहने फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया