विप्लव समूहका नेता बाँस्तोला रिहा, सुरक्षाकर्मीसहित काठमाडाैं पठाइयाे

  फागुन २१, २०७७

काभ्रे, फागुन २१ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेपलाञ्चोकबाट रिहा हुनुभएको छ । सरकारसँग तीन बुँदे सहमति भएसँगै उहाँ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट रिहा हुनुभएको हो ।

११ दिनदेखि उहाँ काभ्रे हिरासतमा हुनुहुन्थ्यो । प्रहरीले संगठित अपराध, आगजनीलगायत मुद्दामा उहाँलाई पक्राउ गरेको थियो । उहाँ रिहा भएसँगै उहाँलाई परिवार तथा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए । रिहा भएसँगै उहाँलाई प्रहरीले सुरक्षाकर्मीसहित काठमाडौं पठाएको छ ।

उहाँले वार्ताले मुलुकलाई सही निकास दिने बताउनुहुँदै राजनैतिक ढंगले समाधान गर्न खोजिएकाले आफूहरु वार्ताका लागि तयार भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया