बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

  फागुन २१, २०७७

लण्डन, फागुन २१ : बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष डा धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ । लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बताउनुभयो ।

उहाँले बेलायतमा रहेको नेपाली दूतावास र लण्डनबाट नेपालमा भ्रमण गर्ने-गराउने अन्य सङ्घसंस्थासँग समन्यवसमेत बताउनुभयो । लण्डनको दक्षिणी भेगमा रहेको ईलिङमा मन्टिज रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका श्रेष्ठ बेलायतको एनआरएनका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया