इङ्ल्यान्ड २०५ रनमा समेटियो, भारतको कमजोर सुरुवात

  फागुन २०, २०७७

काठमाडौं, फागुन २० : इङ्ल्यान्डले भारत विरुद्धको चौथो टेष्टको पहिलो पारीमा २०५ रनमा समेटिएको छ । मध्यक्रममा बेन्न स्टक्सले ५५ र डान लौरेन्सले ४६ रनको योगदान गरेपछि इङ्ल्यान्डले अपेक्षाकृत सुधारिएको प्रदर्शन गरेको हो ।

अहमदाबादमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको इंग्ल्याण्डले ३० रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । जोनी बैरिष्टोले २८ रनको योगदान दिएर पेभेलियन फर्किदा इङ्ल्यान्डले ७८ रनमा चार विकेट गुमाउन पुग्यो । तर बेन्न स्टक्सले ओली पोपसँग पाँचौं विकेटका लागि ४३ र ओली पोपसँग छैठौं विकेटका लागि ४५ रनको साझेदारी गरेर पारी उकास्नुभयो । जेम्स एण्डरसन दश रन बनाएर अविजित रहनुभयो ।

भारतका लागि अक्षर पटेलले सर्वाधिक चार, रबिचन्द्रन आश्विनले तीन, मोहम्मद सिराज दुई र वाशिंगटन सुन्दरले एक विकेट लिनुभयो । जवाबमा बिहीबार नै आफ्नो पहिलो पारीको सुरुवात गरेको भारतले खाता नखोल्दै शुभमन गिलको रुपमा पहिलो विकेट गुमाएको छ । रोहित शर्माले चार तथा चेतेश्वर पूजाराले खाता नखोली क्रिजमा ब्याटिंग गर्नुभएको छ ।

इङ्ल्यान्डका लागि जेम्स एण्डरसनले एक विकेट लिनुभयो । उहाँले आफ्नो पहिलो ओभरको तेस्रो बलमा गिललाई एलबीडब्ल्युको धरापमा पार्नुभयो । चार म्याचको टेष्ट श्रृखंलामा इंग्ल्याण्ड २–१ ले पछाडि छ । भारतले विश्वकप टेष्ट च्याम्पियनसिपमा न्युजिल्यान्डसँगको भेट सुनिश्चित गर्न चौथो तथा अन्तिम टेष्ट खेल जित्नुपर्ने वा बराबरी गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया