झम्सिखेलमाथि भगवतीको जित

  फागुन २०, २०७७

काठमाडौं, फागुन २० : श्री भगवती युथ क्लबले झम्सिखेलमाथि रोमाञ्चक जित हात पारेको छ । शहीद स्मारक बी डिभिजन लिग अन्तगर्त बिहीबार सम्पन्न खेलमा भगवतीले झम्सिखेलमाथि ३–२ को जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको सुरुवातमै भगवतीले सुनिल शाहीको आत्मघाती गोलबाट अग्रता पाएको थियो । ३२ औं मिनेटमा मदन स्याङतेनले गोल गर्दा झम्सिखेलले भूल सुधार गर्दै खेल १–१ को बराबरीमा ल्यायो । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भगवतीले दुई गोल थप्दा झम्सिखेल एक गोल मात्रै गर्न सक्दा उसले हार बेहोर्नुपर्यो ।

भगवतीका लागि नवराज गुरुङ र मोहनबहादुर थापाले दुई गोल गर्नुभयो । गुरुङले ५६ औं मिनेटमा र मोहनले ८४ औं मिनेटमा गोल गर्दा भगवतीले जित हात पार्न सफल भयो । त्यसअघि, अनिश चौधरीले गोल गरेर खेल बराबरीमा ल्याउनुभएको थियो । भगवतीका आशिष श्रेष्ठ प्लेयर अफ द् म्याच घोषित हुनुभयो।

तपाईको प्रतिक्रिया