‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ को आयोजना हुने

  फागुन २०, २०७७

काठमाडौं, फागुन १९ : विद्यालयको स्तरबाटै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ को आयोजना हुने भएको छ । भक्तपुर निस्ट स्कुल तथा इनोभेसन इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना हुने सो प्रतियोगितामा ५ दखि ९ वर्षको छात्र र छात्रा दुबैले प्रतिस्पर्धा गर्न पाउने भएको छ ।

साे बारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा भक्तपुर निस्ट स्कुलका प्रधानाध्यापक (प्रिन्सिप) दिलिप रानाले , विद्यार्थीलाई पढाइ भन्दा पनि अतिरिक्त प्रतिभाको पनि आवश्यक हुन्छ, जुन विद्यायलस्तर बाटै प्रदान गर्नुपर्ने बताउनुभयाे ।

विद्यार्थीमा भएको विभिन्न प्रतिभालाई समाजको अगाडि ल्याउनमा स्टेज दिनुपर्ने कारण सो प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुभयो । रानाले सो प्रतियोगितामा बालबालिकाको आत्मविश्वारलाई बढाउने, समाजमा सबैलाई कसरी सम्मान गर्ने तथा ब्यक्तित्व विकासका कुरा सिकाउनुको साथै नृत्य, गायन, कला जस्ता कुराहरुपनि सिकाइने बताउनुभयो ।

यस्तै कार्यक्रममा सह संयोजक विमला श्रेष्ठले प्रथम चरण (अडिसन) सम्पन्न भइसकेको जानकारी दिदै दोस्रो चरणको अडिसन यहि शनिवार हुने बताउनुभयो । उहाँले पहिलो चरणमा ७० जना बालबालिकालाई छनोट गरिसकेको पनि बताउदै अन्तिम प्रतिस्पर्धामा ५० जना लाई सहभागिता गराउने बताउनुभयो ।

संयोजक खुस्बु खरेलको अनुसार विभिन्न राजधानी भरीका ५ देखि ९ वर्षको बालबालिकाले सहभागिता जनाउन पाउने जानकारी दिनुभयो ।उहाँले पाँचदेखि सात तथा आठदेखि नौ वर्षको बालबालिका गरि दुई समुहमा विभाजन गरि प्रतियोगिता गराइने प्रष्ट पार्नुभयो ।

चैत १४ गते जमलस्थित नाचघरमा हुने अन्तिम प्रतिस्पर्धामा शिर्ष विजेताले ताज सहित विभिन्न पुरस्कार प्राप्त गर्न सकिने भएको छ भने अन्य प्रतिस्पर्धी सबैलाई विभिन्न उपहार प्रदान गरिने आयोजकले जनाइएको छ ।

तपाईको प्रतिक्रिया