शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

  फागुन १८, २०७७

काठमाडौँ, फागुन १८ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गर्नुभएको हो ।

जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया