कृषा महर्जनलाई मिस नेवाः नेपाल–११४१ को शीर्षताज

  फागुन १६, २०७७

काठमाडौँ, फागुन १६ : नेवारी भाषा, संस्कृति, सम्पदा र सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित १५ औं मिस नेवाः नेपाल–११४१ को शीर्षताज काठमाडौँ डल्लूकी कृषा महर्जनले प्राप्त गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा शनिबार राति अबेर सम्पन्न प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै कृषाले मिस नेवाः को ताज प्राप्त गर्नुभएको हो । विजेता कृषाले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले वेष्ट नेपाल भाषा उपाधिसमेत प्राप्त गर्नुभएको छ ।

यस्तै, ललितपुर जिल्ला पाटन सुन्धाराकी प्रिया तण्डुकारले मिस पब्लिक च्वाइस उपाधिसहित उपविजेता र कलङ्कीकी कृष्टिना महर्जनले मिस चार्मिङको उपाधिसहित द्वितीय उपविजेता बन्नुभएको छ । उहाँहरुले क्रमशः २५ र १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा मिस ट्यालेण्ट र मिस फोटोजेनिकको उपाधि मनिका खड्गीले प्राप्त गर्नुभएको छ । यस्तै, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेष्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेष्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जनले मिस फ्रेन्डसिपको उपाधि प्राप्त गर्नुभएको छ ।

कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जीवन्त राख्ने उद्देश्यसहित १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया