कुमारी इक्विटी फण्ड बिक्री गरिँदै

  फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : सामूहिक लगानी कोषमा लगानी गर्न चाहनेलाई लक्षित गरेर यही फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्ड बिक्री गरिने भएको छ । पछिल्ला दिनमा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढीरहेको बेला सानो लगानी गर्नेका लागि यो योजना महत्वपूर्ण हुने सम्बन्धित बिक्रीकर्ताले जनाएको छ ।

सो बन्दमुखी योजनाअनुसार कूल आठ करोड एकाई बिक्री गर्न लागिएको हो । कुमारी बैंकको ‘कुमारी सामूहिक लगानी योजना’अनुसार बिक्री गर्न लागिएको योजनाअन्तर्गत कूल छ करोड ८० लाख एकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ । कूल १० वर्षे अवधिको उक्त योजनाअन्तर्गत एक करोड २० लाख एकाई प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । उक्त योजनाको एकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ ।

आवेदन दिनुपर्ने एकाई न्यूनतम १०० रहेको छ । इक्रा नेपालले उक्त योजनाको रेटिङ गरेको थियो । सो योजनाको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया