इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

  फागुन १३, २०७७

कायरो, फाल्गुन १३ : इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुतनिक भि को प्रयोगका लागि अनुमति दिएको छ । रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ ।

इजिप्टको औषधिसम्बन्धी निकायले यस खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको अधिकारीहरुले जनाएका छन् । औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सो औषधि सम्बन्धी निकायले रुसले निर्माण गरेको खोपलाई इजिप्टमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको जानकारी पनि दिनुभयो । स्वास्थ्यकर्मीहरुलाई लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाइ दिइने योजना बनाइएको छ । तर पछि सर्वसाधारण नागरिकले पनि लगाउन पाउनेछन् ।

उनीहरुका अनुसार नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ । सरकारले यो शुरुको डोज स्वास्थ्यकर्मी तथा आवश्यकताका आधारमा जोखिममा रहेका नागकिरलाई दिनेछ भने अरु खोप सर्वसाधारणका लागि पनि दिइने बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार शुरुमा यो खोप स्वास्थ्यकर्मी हुँदै अरु आवश्यक परेका अथवा जोखिममा परेका नागरिकलाई दिइने छ भने त्यसपछि भने सर्वसाधारण नागरिकले पनि तोकिएको मूल्य तिरेर लगाउन पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया