काठमाडौं, फागुन ७ : देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३१ महिला र ६६ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण मृत्यु हुनेको संख्या भने तीन रहेको छ ।
आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ११४ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ रहेको छ ।
अहिले देशभर एक हजार ५८३ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ६८ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी एक हजार ५८३ आइसोलेसनमा छन् । हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण भएको छ ।
पछिल्लो समय कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्मा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।






