काठमाडौं, फागुन ४ : दक्षिण कोरियाले गैर सैन्य क्षेत्रमा रहेका एक जना उत्तर कोरियाली नागरिकलाई नियन्त्रणमा लिएको छ । बारुद ओछ्याइएको उक्त क्षेत्रमा करिब तीन घण्टासम्म यता हिंडडुल गर्दै गरेका उत्तर कोरियालीलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नियन्त्रणमा लिइएका ब्यक्ति के कति कारणले त्यहाँ पुगेको सम्बन्धमा दक्षिण कोरियाली सेनाले अनुसन्धान गरिरहेका छन् । उक्त क्षेत्रमा हिंडडुलमा बन्देज लगाइएको भएपनि गत् नोभेम्बर महिनामा समेत एक जना फेला परेका थिए । जिम्नास्टिकका पूर्ब खेलाडी गत् नोभेम्बरमा बार नाघ्दै उक्त क्षेत्रमा पुगेका थिए ।
पूर्बी क्षेत्रको जाँच स्थल नजिक दिउँसो करिब सबा चार बजे उक्त ब्यक्ति फेला परेका थिए । दक्षिण कोरियाली ‘ज्वाइन्ट चिफ स्टाफ’ले एक वक्तब्य जारी गरी गैर सैन्य क्षेत्रमा कसरी र किन आइपुगेको सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।






