भारतमा कोभिड–१९ विरूद्धको खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

  माघ २७, २०७७

नयाँ दिल्ली, माघ २७ : भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बताएको छ ।

स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्यांक मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आरएएसबाट प्राप्त तथ्यांकमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव सकारात्मक रहेको पाइएको छ ।” कोविन प्रतिक्रिया प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो ।

भूषणले भन्नुभयो, “एपमार्फत् प्रतिक्रिया संकलन प्रक्रिया सन् २०२१ को जनवरी १७ २०२१ देखि शुरू भएको हो ।

उहाँले भन्नुभयो, “खोपको लाभ लिएका सबै व्यक्तिलाई निजी एसएमएस पठाइएको थियो । एसएमएसमा व्यक्तिको नाम, डोज (पहिलो र दोस्रो), र प्रतिक्रियाको लागि अनुरोध गरिएको । प्रयोगकर्ताले खोप लिएपछि उनीहरूलाई एपमार्फत पाँच प्रश्नहरू सोधिएको थियो । जवाफका आधारमा नतिजा सार्वजनिक गरिएको हो ।”

नतिजाबारे स्वास्थ्य नीति आयोगका सदस्य डाक्टर विके पाउलले भन्नुभयो, “उनीहरू निर्धक्क भई भन्न सक्छन् कि खोप कार्यक्रम लागू गर्ने रणनीति र खोप अभियानको अनुभव सन्तोषजनक आएको छ ।”

भारतमा स्वास्थ्यकर्मी तथा अग्र पंतीमा रहेर राष्ट्रसेवामा खटिने र जोखिमका हिसाबले बढी खतरा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा अहिलेसम्म ६३ हजारभन्दा बढी भारतीयलाई खोप दिइसकिएको छ ।

तपाईको प्रतिक्रिया