थप १६० मा कोरोना पुष्टि, १६५ निको भए, दुई जनाको मृत्यु

  माघ २७, २०७७

काठमाडौँ, माघ २७ : थप १६० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६५ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ७३७ सक्रिय संक्रमित रहेका छन् । हाल ८७ संक्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ संक्रमित आइसियुमा तथा १५ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

थप दुई जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुईको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया