टिकटकले जुरायो म्युजिक भिडियोमा अभिनय गर्ने अवसर

  माघ २४, २०७७

पाँचथर, माघ २३ : नेपाली संगीत र साहित्यको गहिराइमा रमाउने पाँचथरकी प्रतिक्षा काफ्लेको मनमा एउटा हुटहुटी थियो राम्रो म्युजिक भिडियोमा अभिनय गर्ने र नेपाली संगीतिक जगतमा प्रवेश गर्ने ।

उनको अभिनय कुनै निखारिएको कलाकारको भन्दा कमी नदेखिएपछी उनिलाई अर्को गीतमा पनि अभिनय गराउने सहमति बन्यो फलस्वरुप गायक तथा गीतकार अर्जुन पौडेलको शब्द तथा चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘भनिदिन्छु मनका कुरामा’समेत अभिनय गर्ने मौका पाइन ।

उनको यो सपना सपनामा मात्र नभएर विपनामा परिणत हुन केही समय पनि लागेन जब गायक नारायण थापाले आफ्नो गीत ‘तिम्रो आकर्शणले’ को लागि उचित अनुहारको खोजीमा रहने क्रममा उनको नजर टिक्टकमा रमाइरहेकी प्रतिक्षामा टक्क पर्‍यो उनले आफुले खोजेको अनुहार प्रतिक्षामा भेटेपछी तुरुन्तै कुराकानी अघि बढाए प्रतिक्षा पनि खुशी थिइन र संयोग पनि त्यस्तै मिलिहाल्यो ।

केही दिनपछि उनी काठमाडौं आइन र थापाको आउँदै गरेको गीत ‘तिम्रो आकर्षणले’मा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठसँग पहिलो भिडियोमा काम गरिन, उनको अभिनय कुनै निखारिएको कलाकारको भन्दा कमी नदेखिएपछि उनिलाई अर्को गीतमा पनि अभिनय गराउने सहमति बन्यो फलस्वरुप गायक तथा गीतकार अर्जुन पौडेलको शब्द तथा चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘भनिदिन्छु मनका कुरामा’ समेत अभिनय गर्ने मौका पाइन । उनले मोडल मनोज ओलीसँग आफ्नो दोश्रो गीतको समेत शूटिङ सम्पन्न गरिन ।

उनको अभिनय रहेका दुबै गीत प्रोडक्सनको क्रममा रहेका छन जसमध्ये ‘तिम्रो आकर्शणले’ आभुशण इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत छिट्टै नै सार्वजनिक हुने छ भने अर्को गीत ‘भनिदिन्छु मनका कुरा’ बेस म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक हुँदैछ । साधारण तथा भद्र मिजासका साथै आफ्नो काममा लगाव राख्ने प्रतिक्षाले दुवै गीतमा उत्तिकै मेहनत गरेको पहिलो प्रहर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया