हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए

  माघ २४, २०७७

जलालाबाद, अफगानिस्तान, माघ २४ : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको छ ।

नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मारिएका ती तालिबान लडाकूमा १० जना रेड युनिटका सदस्य अर्थात् विशेष लडाकू रेजिमेन्टका सदस्य थिए । मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकू समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ । रेड युनिटका १० जना लडाकू पनि घाइते भएका पनि जनाइएको छ ।

आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ ।

बम आक्रमणहरुमा एक प्रहरी अधिकारी मारिनाका साथै छ घाइते
त्यस्तै अफगानिस्तानको राजधानी काबुलमा छुट्टाछुट्टै इलाकामा भएको दुईओटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनाको साथै अन्य छजना सर्वसाधारण घाइते भएका प्रहरी स्रोतले प्रस्ट पारेको छ ।

स्थानीय जिल्लाको खिरखाना पुलिसचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै पसलहरू ध्वस्त भएका पनि प्रहरी स्रोतले जनााइएको छ ।

शनिबार नै शोरबाजार इलाकामा भएको बम विस्फोटमा परी छजना सर्वसाधारण नागरिक घाइते भएका काबुल प्रहरीका प्रवक्ता फरदस फरमर्जले बताउनु भएको छ । यस आक्रमणहरुको कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।

तपाईको प्रतिक्रिया