काठमाडौंमा बिहानैदेखि प्रचण्ड–नेपाल समूहको प्रदर्शन

  माघ २२, २०७७

काठमाडौँ, माघ २२ : प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन गर्दै आएको छ । रत्नपार्कलगायत क्षेत्रमा उक्त समूहका नेता–कार्यकर्ता भेला भएर विरोधमा उत्रिएका हुन् ।

उक्त प्रदर्शनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता पनि सहभागी छन् । यातायात आवागमनमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीमध्ये चार जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया