भाटभटेनीका सञ्चालक गुरुङ दुई कराेड धरौटीमा रिहा

  माघ २१, २०७७

काठमाडौं, माघ २१ : काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुट्नुभएको छ । विशेष अदालत काठमाडौंका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई सो कुराको जानकारी दिनुभयो ।

व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर अदालतबाट छुटेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । न्यायाधीश प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जानकारी दिएको हाे ।

तपाईको प्रतिक्रिया