‘ब्ल्याक नार्सिसस’को नेपालमा विशेष प्रदर्शनी

  माघ १९, २०७७

काठमाडौं, माघ १९ : बेलायती चलचित्र फिल्म ‘ब्ल्याक नार्सिसस’को नेपालमा विशेष प्रदर्शनी गरिएको छ । नेपालमा छायाङ्कन गरिएको सो चलचित्र नेपाल चलचित्र विकास बोर्डको हलमा देखाइएको थियो ।

सन् १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नार्सिसस’ सन् १९४७ मा सिनेमामा रुपान्तरण भएको थियो । बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको नयाँ फिल्म नेपालमा खिचिनुका साथै यसमा नेपाली कलाकारको पनि अभिनय छ । सो चलचित्रले विद्यालय निर्माण गर्ने उद्देश्यले नेपाल आएको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘प्रिन्स अफ पर्सिया’ तथा जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म ‘क्वान्टम अफ सोलेस’की अभिनेत्री जेमा आर्टेटोन , ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ आदि कलाकारको अभिनय रहेको छन् ।

सविन बस्नेत, दीपिका कुँवर, दिलीप राई आदि नेपाली कलाकारको पनि अभिनय देख्न सकिन्छ । ‘ब्ल्याक नार्सिसस’ सन् २०२० को नोभेम्बरमा अमेरिका र सोही वर्षको डिसेम्बरमा बेलायतमा रिलिज भइसकेको छ ।

तपाईको प्रतिक्रिया