चीनमा शुक्रबार पनि कोरोनाका नयाँ सङ्क्रमित भेटिए

  माघ १७, २०७७

बेइजिङ, माघ १७ : चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमति भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी गराएका छन् ।

चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीले जनाएका छन् । उनीहरुकाअनुसार शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ जना नयाँ सङ्क्रमित देखिएका र तीमध्ये ३६ जना चीनभित्रै सङ्क्रमित भएका पाइएको छ ।

चीनमा भेटिएका ती ५२ जनामध्ये १६ जना विदेशबाट आएका नागरिक रहेका ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले शनिबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय नागरिकबाटै अहिले सङ्क्रमण सर्न थालेकोले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ । साथै चीनले कोरोनाबाट निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच सुरु गरेको छ ।

शुक्रबार भेटिएका स्वदेशी संक्रमितमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीयस्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ । शुक्रबार भेटिएकामा हेबेइका अतिरिक्त साङ्घाइ र बेइजिङमा पनि सङ्क्रमित भेटिएका छन् ।

सोही कारण चीनले विशेषगरी ती क्षेत्रमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

तपाईको प्रतिक्रिया