लड प्यालेसमा साङ्गीतिक धमाका

  माघ १७, २०७७

काठमाडौंँ, माघ १७ : चर्चित गायिका मिलन नेवार, गायकहरु नविन पौडेल र राजनराज सिवाकोटीले राजधानीकाबासीलाई आफ्नो गीतको प्रस्तुतिबाट नचाउन सफल हुनुभएको छ । शुक्रबार साँझ काठमाडौंको टोखास्थित लड प्यालेस ब्याङ्केट भएको विशेष सांगीतिक कार्यक्रममा उहाँहरुले दर्शकहरुलाई नचाउन सफल हुनुभएको हो ।

करिब १० महिनापछि कलाकारको सांगीतिक प्रस्तुतीमा नाच्न पाउँदा दर्शक निकै खुसी देखिन्थे । लोकगायक नविन पौडेलबाट सुरु भएको संगीतिक प्रस्तुति गायिका मिलन नेवार, राजनराज सिवाकोटीलगायत कलाकारमा पुगेर टुङ्गिएको थियो । कार्यक्रममा गायक पौडेलले ‘लेउखुकुरी लेउ’, ‘बुलाकी लाउने, झुम्का लाउने’ बोलको गीतबाट दर्शक नचाएका थिए ।

करिव तीन घन्टा चलेको सांगीतिक कार्यक्रममा गायिका मिलन नेवारले ‘जहिले सम्म’, ‘सिरिमा सिरि हावा’ लगायत करिब आधा दर्जन चर्चित गीतसंगीत प्रस्तुत गरेकी थिइन् । धेरै पछि दर्शकको अगाडि उभिएर कार्यक्रम गर्न पाउदा निकै खुसी लागेको मिलनले बताइन् । कार्यक्रमको अवसर दिएकोमा लड प्यालेसका संचालकलाई उनले धन्यवाद दिइन् ।

कार्यक्रममा गायक तथा संगीतकार राजनराज सिवाकोटीले फिल्म तथा आधुनिकका चलेका चेप्टे चेप्टे पेरुङ्गा, सुर्के थैली, कुटुमा कुटु, टाकन टुकुन टाक्क, गोजीमा दाम छैन लगायत आधा दर्जन बढी गीतसंगीत पस्केका थिए ।

तपाईको प्रतिक्रिया