टोकियो, माघ १६ : जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन् । अत्यधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडान रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।
जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ । धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कूल ९८ उडान रद्द भएको हो । होकाइदोमा शुक्रबारप्रति सेकेण्ड ३० मिटरको गतिमा हावाहुरी आएको थियो ।






