काठमाडौं, माघ ४ : युगान्डामा लामो समयसम्म सक्रिय राजनीतिमा रहँदै राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएका योवेरी मुसेभेनी पुनः निर्वाचित हुनुभएको छ । विपक्षी दलले भने मतदानमा धाँधली भएको आरोप लगाएको छ ।
युगान्डाको निर्वाचन आयोगका अनुसार मुसेभेनीले कुल मतको करिब ५९ प्रतिशत मत प्राप्त गर्नुभएको छ । विपक्षी दलका बबी वाइनले ३५ प्रतिशत मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । राष्ट्रपति मुसेभेनीले बिहीबारको मतदान अफ्रिकी राष्ट्र युगान्डाको इतिहासमा अहिलेसम्मकै धाँधलीरहित निर्वाचन भएको दाबी गर्नुभयो ।
बीबीसीका अनुसार पूर्ब पप स्टार बबी वाइनले भने इन्टरनेट जडान विच्छेद हुँदा मतदानमा धाँधली भएको भन्दै प्रमाण पेश गर्ने बताउनुभयो ।






