चीनले पाँच दिनमा एक हजार ५०० आइसोलेसन सेन्टर बनायो

  माघ ०४, २०७७

सिजियाङ, माघ ४ : चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा एक हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठा निर्माण गरिएको समाचारमा जनाइएको छ ।

हेबेइ प्रान्तका स्थानीय अधिकारीले शनिबार सो जानकारी दिएका बताइएको छ । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टर निर्माण गरिएका बताइएको छ । समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेकोले यसका लागि ती स्थानमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो ।

चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीले छ हजार ५०० वटा कोठा बनाउने योजना रहेको बताएका छन् । ती मध्येका एक हजार ५०० वटा कोठा गएको पाँच दिनमा नै निर्माण गरी सकिएको यहाँका स्थानीय अधिकारीले जानकारी गराएका छन् ।

आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठा प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ । ती सबै कोठामा सौचालय र बाथरुम, हिटर, बेड तथा टप बाथसमेत रहेका ती अधिकारीले जानकारी गराए । उनका अनुसार सो क्षेत्रमा नै वाइफाइको पनि व्यवस्था गरिएको छ ।

हेबेइ प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमित भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टर निर्माण गरिएका बताइएको छ । केही दिनयतादेखि चीनका कतिपय सहरमा कोरोना भाइरसका सङ्क्रमित भेटिएका समाचार आइरहेका बताइएको छ ।

सोही कारणले ती सहरका विभिन्न स्थानमा चीनका स्थानीय अधिकारीले यस्ता आइसोलेसन सेन्टर बनाउन थालेका पनि समाचारमा जनाइएको छ । चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि यहाँका स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गर्नुभएको बताइएको छ ।

उहाँले आफूले दुई सिफ्टमा गरी ३०० जना कामदारलाई लगाएर पााच दिनको बीचमा एक हजार ५०० वटा आइसोलेसन कोठा निर्माण गरेको जानकारी गराउनुभयो । उहाँले सो क्षेत्रमा मात्र छ हजार ५०० वटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया