काठमाडौं, माघ २ : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने भएको छ । सो मुद्दा सर्वोच्च अदालतको वृहत इजालसमा सुनुवाइ हुनुपर्छ भन्ने मागसहितको निवेदनमा आज संवैधानिक इजलासमा भएको सुनुवाइपछि उक्त मुद्दामा गम्भीर संवैधानिक व्याख्याको विषय देखिएकाले निवेदहरुको माग बमोजिम हनु नपर्ने ठहर भएको उल्लेख छ । साथै मुद्दा हेर्दाहेर्दैमा रहेको र अर्को सुनुवाइ माघ ४ गते हुने आदेश भएको छ ।







