नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघकाे अध्यक्षमा ढकाल

  पुष २५, २०७७

काठमाडौं, पुस २६ : नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईकाे १८ओैं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र प्रसाद ढकाल निर्बाचित भएका छन् । उनका प्रतिद्वन्द्वी पूर्वकार्यबाहक अध्यक्ष श्याम मण्डललाई ११ भोटले पछि पार्दै ढकाल विजयी भएका हुन् ।

अधिबेशनबाट अध्यक्षमा सुरेन्द्र प्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षमा अनिल खड्का, उपाध्यक्षमा निकेश बज्राचार्य, सचिवमा निर्मल शेर्पाली निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा दिनेश रिजाल, भुबन प्रसाद अधिकारी, कोषाध्यक्षमा एन्जल पौडेल, सहकोषाध्यक्षमा सन्तोष अधिकारी निर्बाचित भएका छन । त्यस्तै सदस्यहरुमा कोषराज अवस्थी , सीताराम ठाकुर, विद्यान तामाङ, सिद्दार्थ गौतम र भोज बहादुर बानियाँ सर्बसम्मत निर्बाचित भएका छन् ।

उक्त कार्यक्रममा अतिथिको रुपमा पिडानका केन्द्रीय अध्यक्ष शिब राज बास्कोटा, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय महासचिव राम चन्द्र शर्मा, पिनका अध्यक्ष गान्धि प्रसाद शर्माले कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागि शुभकामना दिनुभएको थियो भने सहभागीलाई बरिष्ठ उपाध्यक्ष सुनिल बिक्रम चौधरीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

निर्बाचन नेतृत्व छनोटको एउटा प्रकृया भएपनि सबैलाई समेटेर अगाडि बढ्ने र बौद्धिक श्रमिकको पहिचान लाई अझ सशक्त गराउने आफ्नो भाबि योजना रहेको नब निर्बाचित ढकालले बताउनुभयो । अन्त्यमा संस्थालाई सबै साथीहरुको साझा संस्था बनाउने र श्रम ऐन २०७४ लाई कार्यान्यवनमा लाने गरि नयाँ कार्यक्रम सार्बजनिक गरिने नबनिर्बाचित सह सचिब दिनेश रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया