पाँच हजार आठ सय परीक्षणमा ४२१ संंक्रमित थपिए, ६३७ संंक्रमणमुक्त

  पुष १९, २०७७

काठमाडौं, पुस १९ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४२१ जना सङ्क्रमित थपिएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सो अवधिमा तीन हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकामा (भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०) १९७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने ६३७ जना निको भएका छन् । गत बुधबारदेखि आजसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया