काठमाडौ, पुस १७ : कृषि तथा पशुपन्क्षीमन्त्री पद्माकुमारी अर्यालले सरकारले कृषिक्षेत्रमा विकासका लागि उन्नत कार्यक्रम र प्रविधि ल्याउने काममा सरकार अघि बढेको बताउनुभएको छ ।
रैथाने कृषि उत्पादन विक्री गर्ने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वर थापागाउँमा शुरु गरिएको थनेत बजारको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले सरकारले पकेट क्षेत्र जोन क्षेत्र सुपर जोन क्षेत्र भनेर साना मझौला र ठूला कृषि कार्यक्रम अगाडि ल्याइएको र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत कृषि उत्पादन तथा बजारीकरणमा सरकार अघि बढेको छ ।
उहाँले विदेशमा हण्डर खाएका ठक्कर खाएका युवाले गाउँ गाउँमा आएक कुखुरा गाई तथा तरकारी फार्म शुरु गरेको धेरै भेटिन थालेको उल्लेख गर्दै विदेशमा सिकेको कुरा आफ्नै भूमिमा उपयोग गरेको पाइएको बताउनुभयो ।
उहाँले हिजो श्रमलाई सम्मान नगर्ने र घृणा गर्ने परम्पराले श्रम गर्नेलाई उत्साहित बनाउन तथा श्रम गर्ने सिके कृषिक्षेत्र अघि बढ्ने बताउनुभयो । बिचौलियालका मारमा परेका कृषकका लागि यस किसिमको बजारले सिधै कृषकका उत्पादन बजारसम्म पुग्ने मन्त्री अर्यालले बताउनुभयो ।
काठमाडौं महानगरपालिका र कृषि विभागद्वारा बजारमा रैथाने तथा प्राङ्गारिक उन्मुख पद्धतिबाट उत्पादित तरकारी तथा फलफूल विक्री हुने गरेको छ ।






