पाँच हजार २२५ परीक्षणमा ४२६ जनामा संक्रमित, ७४८ डिस्चार्ज

  पुष १७, २०७७

काठमाडौं, पुस १७ : नेपालमा कोरोनाभाइरसका ४२६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६१ ह्जार १९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल छ हजार ४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ७४८ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५३ हजार १०७ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ३७ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८६४ पुगेको छ । हाल ३६७ जना क्वारेन्टिनमा र छ हजार ४८ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया