चिनियाँ प्रतिनिधिमण्डलद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

  पुष १२, २०७७

काठमाडौं, पुस १२ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो चौको नेतृत्वको प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल र चीनबीच सदियौँदेखि रहिआएको प्रगाढ सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

तपाईको प्रतिक्रिया