काठमाडौं उपत्यकामा तीनसय १८ संक्रमित थपिए

  पुष १२, २०७७

काठमाडौं, पुस १२ : काठमाडौं उपत्यकामा कोरोना भाइरसको नयाँ संक्रमित तीनसय १८ जना भेटिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा उपत्यका सो संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित फेला भएको हो ।

काठमाडौं जिल्लामा दुईसय ५०, ललितपुरमा ३४ र भक्तपुरमा ३४ जना संक्रिमत पुष्टि भएको छ । उपत्यकामा तीनसय १८ र उपत्यकाबाहिर १६३ गरी देशभर चारसय ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया