विघटित प्रतिनिधिसभा सदस्य लामाद्वारा ओली समूह परित्याग

  पुष ११, २०७७

काठमाडौं, पुस ११ : विघटित प्रतिनिधिसभामा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरेका छन् । 

शनिबार विज्ञप्ति जारी गर्दै लामाले हुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग गरी नेकपा (प्रचण्ड-नेपाल) संगठनमा यथावत् रहेको प्रस्ट पारेका हुन् ।

बाहिरी हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी, कार्यकर्ता र हुम्लावासीलाई उनले आग्रह गरेका छन् । उनले विचलित नभई प्रचण्ड-नेपालको मूल पार्टी नेकपामा एकताबद्ध भएर बस्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरेका छन् । हुम्ली जनताको सेवामा निरन्तर रुपमा लागिरहने उनको प्रतिबद्धता छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया