जगत विश्वकर्मा र मोती दुगड मन्त्रीबाट हटाइए

  पुष १०, २०७७

काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाएका छन् ।

विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए ।

विश्वकर्माको ठाउँमा प्रचण्ड समूहबाट ओलीलाई साथ दिन आएका दावा लामालाई मन्त्री बनाइएको छ । लामा सिन्धुपाल्चोकबाट प्रदेशसभा सांसदमा पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया