राष्ट्रपतिसँगको चिनियाँ राजदूतको भेट

  पुष ०८, २०७७

काठमाडौं, पुस ८ : चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन । यस अगाडि चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।

तपाईको प्रतिक्रिया