ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु

  पुष ०७, २०७७

काठमाडौं, पुस ७ : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।

रायमाझी र थापा सोमबारसम्म कतै खुलेका थिएनन् । तर, बालुवाटारको भेलामा उपस्थित भएर आफ्नो कित्ता स्पष्ट गरेका छन् । यसअघि पूर्व माओवादी निकट मानिएका लेखराज भट्ट ओली समूहमा खुलिसकेका थिए । भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी छैनन् ।

त्यस्तै अहिलेसम्म कुनै पक्षमा नदेखिएका अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल-नेपाल समूहले बोलाएको बैठकमा जाने भएका छन् ।

बैठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्ने भएको छ । एक नेताको दाबीअनुसार त दाहाललाई कारबाहीको निर्णय यसअघि नै भइसकेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया