संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्ष सर्वोच्च जाने गृहकार्यमा

  पुष ०६, २०७७

काठमाडौं, पुस ६ : संसद विघटनको गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेको छ । यसका लागि प्रचण्ड -नेपाल समूहसहितका शीर्ष नेताले आज कानून व्यावसायीसँग परामर्श गरेका छन् ।

हिजोमात्रै यो समूहका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रचण्ड-नेपाल समूहले सकेसम्म कांग्रेस र जसपाका सांसदहरुको समेत संयुक्त हस्ताक्षर गरेर अदालत जाने विकल्पमा समेत छलफल गरेको छ ।

तपाईको प्रतिक्रिया