काठमाडौं, कात्तिक २४ : नेपालमा कोरोना भाइरसका दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा देशभरि दुई हजार ५७१ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९७ हजार २४ पुगेको छ । हाल ३६ हजार १७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्केका छन् । निको हुने दर ८१ प्रतिशतमा उक्लेको छ । क्वारेन्टिनमा ९७६ जना मात्रै छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।






