अमेरिकी राष्ट्रपतिमा बाइडेन, उपराष्ट्रपतिमा कमला विजयी

  कार्तिक २३, २०७७

काठमाडौं, कात्तिक २१ : जोसेफ रोविनेट वाइडेन अमेरिककाे ४६ औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ भने कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ ।

आगामीजनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजनाहुने विशेष कार्यक्रममाउहाँले आधिकारिक रुपमा राष्ट्रपति को कार्यभार सम्हाल्नुहुनेछ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुनेछ । वाराक ओवामाको कार्यकालमा उहाँउपराष्ट्रपति हुनुहुन्थ्यो ।

भर्खरै प्राप्तमत गणनाको परिणाम अनुसार, ७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मतपाएर राष्ट्रपति मा विजयीहुनु भएको हो । चुनाबी परिणामलाई निकै ठूलो प्रभाव पार्नसक्ने राज्यका रुपमा बाँकी रहेका चारवटा राज्यमध्यृे पेन्सिलभेनिया राज्यको मत गणनाको परिणाम आएपछि उहाँ राष्ट्रपति मा निर्वाचितहुनुभएको हो ।

मत गणनाको परिणामको प्रतीक्षामा तीन दिनदेखि वेचैन रहेका विशेषतःअमेरिकी र विश्वभरका जनतातथा राजनीतिज्ञलाई यो परिणमले शान्त बनाएको छ ।

विश्व भूराजनीतिमा अग्रिमभूमिका खेल्दै आएको अमेरिकी राष्ट्रपति य निर्वाचनको परिणाम अनुसार, उहाँले राष्ट्रपति निर्वाचितहुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २७३ मतपाएर विजयीहुनुभएको हो । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मतप्राप्तगर्नुभएको छ ।

पेन्सिलभेनियाको परिणाम आएपछि अब बाँकी रहेका एरिजोना, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र हवाइको परिणाम वाइडेनको पक्षमानआएपनि कुनै फरक पर्दैन । यी बाँकी पाँच राज्यको मत गणना पनि अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया