मुख्यमन्त्री शाही घाइते, उपचारका लागि सुर्खेत लगियो

  कार्तिक २३, २०७७

सिमकोट, कात्तिक २२ : शुक्रबार हुम्ला पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते हुनुभएको छ ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर उहाँ घाइते हुनुभएको हो । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

हेलिकोप्टरबाट मुख्यमन्त्री शाहीलाई सुर्खेत लगियो
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लाीग साढे ५ः०० बजे सुर्खेत लगिएको छ ।

कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिनुभयो ।

सिमकोटबाट गाडीमा जानुभएका मुख्यमन्त्री शाहीलाई आधाबाटोबाट घोडा चढाइएको थियो । उहाँले चढेको घोडा तर्सिदा लडेर घाइते हुनुभएको घटनास्थलमा भएका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया