मानवअधिकार आयोगको प्रवक्तामा पोखरेल नियुक्त

  कार्तिक २०, २०७७

काठमाडौ, कात्तिक २० : राष्ट्रिय मानवअधिकार आयोगको प्रवक्तामा सहसचिव डा. टीकाराम पोखरेल नियुक्त हुनुभएको छ । आयोगको प्रशासन, योजना र आर्थिक विभागको जिम्मेवारीमा समेत रहनुभएका पोखरेललाई सचिव वेदप्रसाद भट्टराईले प्रवक्ता तोक्नुभएको हो ।

आयोग अहिले पदाधिकारी विहिन अवस्थामा रहँदा पदाधिकारीको जिम्मेवारी थप बढेको प्रवक्ता पोखरेलले बताउनुभयो । २०५९ पुस २३ गतेबाट अधिकृत स्तरबाट आयोगमा जिम्मेवारी पाउनुभएका दोलखा निवासी डा। पोखरेल यसअघि आयोगको क्षेत्रीय कार्यालय धनगढी र पोखराको क्षेत्रीय प्रमुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

आयोगले सिफारिस गरेको प्रतिवेदनको कार्यान्वयन पक्ष फितलो भएकाबेला नागरिक तथा मिडियासँगको सहकार्यमा सरकारलाई झकझक्याउनुको विकल्प नरहेको प्रवक्ता पोखरेलले बताउनुभयो । नागरिकलाई मानवअधिकारबारे अनुभूत गराउनेगरी काम गर्न सबै तहसँगको सहकार्य र समन्वय जरुरी रहेको नवनियुक्त प्रवक्ता डा। पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया