काठमाडौं, कात्तिक १८ : पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ११४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । विभिन्न स्वास्थ्य प्रयोगशालामा आज ११ हजार १६६ पिसिआर परिक्षण गरिएकामा एक हजार ८६७ पुरुष तथा एक हजार २४७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना कोरोना संक्रमणमुक्त भएको र कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ६८ कोरोना संक्रमित थपिएका छन् । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
कोरोना संक्रमितमध्ये हाल ३० हजार ६९४ होम आइसोलेशनमा रहेका र ३७२ जनाको आइसियु तथा ६८ जनाको भेन्लिेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।






