काठमाडौं, कात्तिक १३ : पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा बुधबार १७ जनासहित कोरोनाबाट देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको बिहीबार जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा बिहीबार कोरोना संक्रमित भने २ हजार ३६४ जना थपिएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।






