२ हजार ३६४ संक्रमित थपिए, ३८ हजार ९५२ सक्रिय संक्रमित, ३ हजार ३८ कोरोनामुक्त

  कार्तिक १३, २०७७

काठमाडौं, कात्तिक १३ : देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज दुई हजार ३६४ जना सङ्क्रमित थपिँदा तीन हजार ३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका हुन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ३८० र महिला ९८४ जना छन् ।

आजसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आजसम्म एक लाख २४ हजार ८६२ जना अर्थात् ७५ दशमलव आठ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा सङ्क्रमितमध्ये २३ दशमलव ६ प्रतिशत छ ।

काठमाडौँ उपत्यकामा आज एक हजार ६१५ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ९११ पुरुष र ७०४ महिला छन् । काठमाडौँ उपत्यकाका काठमाडौँमा १६ हजार ५२१, ललितपुरमा दुई हजार ४७० र भक्तपुरका एक हजार ७० सक्रिय सङ्क्रमित छन् ।

देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ८९८ होम आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नौ हजार ७६९ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख १९ हजार ६४ नमूना परीक्षण भइसकेको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर ११ दशमलव ६ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या दुई हजार ६८९ छ ।

प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा छ हजार १८३, प्रदेश नं २ मा एक हजार एक, वाग्मती प्रदेशमा १८ हजार ७६, गण्डकी प्रदेशमा एक हजार ३२६, लुम्बिनी प्रदेशमा तीन हजार ७४१, कर्णाली प्रदेशमा ५७३ र सुदूरपश्चिम प्रदेशमा ९९८ छ ।

देशभरमा आज ३०४ सङ्क्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा ३६, प्रदेश २ मा १३, वाग्मतीमा १८४, गण्डकीमा १३, लुम्बिनीमा ४९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित सघन उपचार कक्षमा छन् । त्यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा दुई, वाग्मतीमा ५७, गण्डकीमा दुई र लुम्बिनीमा पाँच गरी जम्मा ७६ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

१४ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित
आजसम्म देशभरका ७७ मध्ये १४ जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मुस्ताङमा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही, दाङ र कैलाली छन् ।

नेपालमा कोरोनाभाइरसका दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६४ हजार ७१८ पुगेको छ । हाल ३८ ह्जार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ३८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

तपाईको प्रतिक्रिया