कोरोना संक्रमणबाट थप ११ को मृत्यु, कुल मृतक संख्या ८८७ पुग्यो

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९८१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ८८९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया