मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । उहाँले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनुभएको हो ।

‘मलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ,’ उहाँले ट्विटरमा लेख्न्भएको छ । मुख्यसचिव वैरागीले केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन र स्वास्थ्य मापदण्ड अपनाउन ट्विटरमार्फत आग्रहसमेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया