भारतीय क्रिकेट टोलिको अष्ट्रेलिया भ्रमणको तालिका तय

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : भारतीय क्रिकेट टोलिको अष्ट्रेलिया भ्रमण तालिका तय गरिएको छ । तालिका बमोजिम एडिलैडले पहिलो पटक ‘डे नाइट’ टेष्ट खेलको आयोजना गर्नेछ । भ्रमणको क्रममा भारतीय क्रिकेट टोलिका सदस्यको परिवार समेत सँगै रहने वा नरहने तय भइसकेको छैन ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले करिब दुई महिनासम्म लम्बिन पुगेको इन्डियन प्रिमियर लिग लगत्तै टोलि अष्ट्रेलिया भ्रमण् हुने हुँदा परिवारका सदस्य समेत भ्रमणमा सहभागी हुनुपर्ने पहल गर्दै आएको छ ।

मेलबर्न क्रिकेट ग्राउण्डले २५ हजार दर्शकको उपस्थितिमा टेष्ट खेलको आयोजना गर्ने निश्चित भएको छ । दुई देशबीचको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाको पहिलो खेल नोभेम्बर २७ मा सुरु हुनेछ । नोभेम्बर २९ मा दोस्रो र डिसेम्बर २ मा तेस्रो एकदिवसीय खेल हुनेछ ।

एडिलैडमा पहिलो टेष्ट खेल डिसेम्बर १७ मा सुरु हुनेछ । टेष्ट श्रृखंला सुरु हुनुअघि डिसेम्बर ६ देखि ८ सम्म भारतको ए टोलिले अष्ट्रेलियाको ए टोलिसँग स्पर्धा गर्नेछ । त्यसअघि डिसेम्बर ४ र ६ मा गरी भारतले अष्ट्रेलिया विरुद्ध दुई म्याचको टी ट्वान्टी खेल्नेछ ।

बीसीसीआई र क्रिकेट अष्ट्रेलिया तथा दुबै देशका अधिकारीहरुबीच खेल तालिका, क्रिकेट ग्राउण्ड, परिवारका सदस्यहरु समेत भ्रमणमा सहभागी हुने तथा क्रिकेट टोलि अष्ट्रेलिया पुगेपछि क्वारेन्टिनमा बस्दा अभ्यासको ब्यवस्था हुनुपर्ने लगायतको विषयमा पटक पटक छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया