काठमाडौं उपत्यकामा थपिए ८४३ कोरोनाभाइरस संक्रमित

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ८४३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ८४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैं बिदापछि नियमित प्रेस ब्रिफिङ्को क्रममा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना सङ्क्रमितको पहिचान गरिएको जानकारी दिनुभयो । पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ९५४ सङ्क्रमित थपिएका छन् । दुई हजार ९८१ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया