कारको ठक्करबाट वृद्धको मृत्यु

  कार्तिक १२, २०७७

राजविराज, कात्तिक १२ : पुर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो ।

पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया